यो विश्वकै सबैभन्दा धनी तथा चर्चित बिरालो हो । सायद यति धनी त विश्वका करोडौँ मानिस पनि छैनन् होला । चोपेट लेजरफिल्ड नामको यो बिरालोले अघिल्लो वर्ष एक टेलिभिजन शो मा काम गरेर झण्डै ३५ करोड रुपैयाँ जति रकम कमाउन सफल भएको छ । यो बिरालोको अहिलेपनि वाषिर्क कमाइ औषतमा पुगनपुग ३० करोड रुपैयाँ छ ।
यो भाग्यमानी बिरालो हो जर्मनीको । यो बिरालोको सेवागर्नका लागि दुइजना महिला कर्मचारी खटाइएका छन् । देशभित्र होस् वा विदेश यात्रा यो बिरालो आफ्नै निजी बिमानमा उड्छ ।
३ वर्षको चोपेटको सबैभन्दा ठूलो पहिचान यो बिरालो विश्वविख्यात जर्मन फेसन डिजाइनर कार्ल लेजरफिल्डको बिरालो हो । यो बिरालो सदैव लेजरफिल्डकै साथमा हुन्छ ।
यो बिरालोको आफ्नै इन्टाग्राम र टि्वटर अकाउण्ट रहेको छ ।
एक अन्तरवार्ताका क्रममा बिरालोका मालिक ८१ वर्षीय कार्ल आफ्नो बिरालोले गएको वर्ष केबल दुइवटा काम गरेर ३० लाख युरो कमाएको बताउँछन् । जापानी ब्युटी प्रडक्टका साथै जर्मन कारको विज्ञापनमा यो बिरालो खेलेको छ । तर उनले आफ्नो बिरालोलाई खानेकुराको विज्ञापनमा भने नखेलाउने बताउँछन् ।